२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

श्रीमतीलाई मुख छाडेको भन्दै ललितपुरमा खुकुरी प्रहार गरी व्यक्ति हत्या, १ जना पक्राउ

२०७९, १५ कार्तिक मंगलवार ०६:१२

कात्तिक १५, ललितपुर | ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा खुकुरी प्रहार गरी १ जना व्यक्तिको हत्या आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। 

खोटाङको साकेला गाउँपालिका–१ घर भइ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरामा भाडामा बस्दै आएका ३८ वर्षीय रामचन्द्र राईको हत्या भएको हो। 

महर्जनकै जस्ताको अर्को टहरोमा भाडामा बस्दै आएका साकेला–१ कै ४१ वर्षीय राजेन्द्र राईले उनको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा राजेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ। 

सोमबार बेलुका साढे ७ बजेतिर रामचन्द्रको हत्या भएको पाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए। 

पक्राउ परेका राजेन्द्रले आफूलाई हेपेर बोलेको र श्रीमतीलाई समेत मुख छाडेकाले खुकुरी प्रहार गरी हत्या गरेको भन्दै बयान दिएका प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा