भदौ ३०, अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रत"/>
२०८३, १६ जेष्ठ शनिबार
अर्घाखाँची - AGK

‘सबै दल नमिले संविधान कार्यान्वयन हुँदैन’ – पूर्वउपप्रधानमन्त्री रायमाझी

२०७३, ३० भाद्र बिहीबार ०२:५९

भदौ ३०, अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ । 

सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरु एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको र संविधान संशोधनका लागि दुई तिहाइ चाहिने तर सरकार पक्षसँग मात्र त्यो सङ्ख्या नभएकाले एमाले लगायतका दलको पनि साथ चाहिने बताउनुभयो । सहमति, सहकार्य र एकताबिना संविधान कार्यान्वयन हुनै नसक्ने उहाँले धारणा राख्नुभयो । 

अर्घाखाँचीको सन्धिखर्कमा गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन तथा नामाकरणसम्बन्धी जिल्लास्तरीय परामर्श कार्यशालामा बुधबार बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन भएमात्र स्थानीय निकाय पुनःसंरचना र मधेसीको माग सम्बोधन हुने बताउनुभयो । स्थानीय बासिन्दाको मागलाई सम्बोधन गरेर अधिकतमभन्दा अधिकतम सजिलो हुनेगरी पुनःसंरचनामा जानुपर्ने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु