चैत्र १७, वीरगंज
। जिल्ला खेलकुद बिकास समिती पर्साको उपाध्यक्षमा नेपाल खेलकुद महासंघ पर्साको अध्यक्ष एवं
तेकाण्डोका पुर्व राष्ट्रिय खेलाडी दिपक तिवारी नियुक्त भएका छन् ।
मंगलबार जिल्ला खेलकुद बिकास समितीमा आयोजित कार्यक्रममा नव नियुक्त उपाध्यक्ष तिवारीले शपथ
लिएका हुन । तिवारी संगै सदस्यमा नियुक्त भएका हरीबहादुर श्रेठ, श्रीनिवास महतो (भट्टराई) ले समते शपथ
लिएका थिए ।
नव नियुक्त पदाधिकारीहरुलाई जिल्ला खेलकुद बिकास
समिती पर्साको प्राङ्गनमा बिशेष कार्यक्रमका बिच शपथ ग्रहण गराईएको थियो । चैत्र १५ काठमाडौंमा खेलकुद
परिषदका सदस्य सचिव केशव बिष्टले उपाध्यक्ष दिपक तिवारी र सदस्य हरीबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए
।