कोदालो प्रहार गरी ८९ वर्षीय हत्या गरेको अभियोगमा एक जना पक्राउ

साझासवाल

<p><b>मंसिर ९, मकवानपुर | </b>कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका ( १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह&nbsp; स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको&nbsp; प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।&nbsp;</p><p>इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।</p>

Leave a Comment

Leave a Reply