४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि

१२ मंसिर २०७९, सोमबार ०८:५०

मङ्सिर १२, बाजुरा । चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो । 

अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ  । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।  


आयडीको शव श्रदाञ्जलिका लागि खुलामंचमा राखेपछि दाहसस्कारको लागि बुढीगंगा नदीमा लगिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । घाइते भएका आयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो । त्यपछिको झडपमा चेतनदीपको मृत्यु भएको थियो । 

नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै आएको छ ।  मंसिर ५ गतेदेखि बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ । यसैबीच सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हत्या विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जीव आयडीको शव पनि छ दिनपछि आफन्तले बुझेका थिए । उनको मंसिर ४ गते मतदानको समयमा मतपेटिका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ