१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरोपी सशस्त्र जवानको बयान : अरूसँग मोबाइलमा बोलेको देखेपछि रिस उठ्यो !

१९ मंसिर २०७९, सोमबार ०९:५७

मङ्सिर १९, काठमाडौँ | बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परिन् । शिवनाथ गाउँपालिका–६ मालुहारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।


मङ्सिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर गएका हुन् ।

‘अर्कोतिर सम्बन्ध भएको शङ्का लागेर आरोपीले मृतकको मोबाइल खोसेका रहेछन्’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने–‘अनि, सम्झौता गर्न बोलाएर हत्या गरेको देखिन्छ ।’

प्रेमको विषयमा विवाद हुँदा प्रेमिकासँगै आएकी नेहा लुहारलाई पनि भरतरामले आक्रमण गरेर मरणासन्न बनाएका छन् । मङ्सिर १३ मा मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा र माया स्थानीय कुलाउ बजार गएका थिए । बजार गएकी माया मृत फेला परिन् । भरतरामको आक्रमण गम्भीर घाइते भएकी नेहाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह