१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलितलाई किरियापुत्री भवन प्रयोग गर्न नदिने तीन जनालाई एक वर्ष कैद, ५० हजार जरिवाना

२० मंसिर २०७९, मंगलवार ०७:१०

मङ्सिर २०, काठमाडौँ | सार्वजनिक ठाउँको किरियापुत्री भवन प्रयोग गर्न नदिएर किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै अदालतले तीन जनालाई जेल सजाय तोकेको छ। पोखरा–१६ बाटुलेचौरमा किरियापुत्रीमाथि तीन जनाले विभेद गरेको ठहर गर्दै कास्की जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो।

भट्टराईको ईजलासले पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए।


न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेकी हुन्। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि दुई लाख जरिवाना, पीडितलाई दुई लाखसम्म क्षतिपूर्तिको व्यवस्था छ।

बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई उनीहरूले रोक लगाएको आरोप लागेको थियो। मोहनका भाइ सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भएको थियो। उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमीनमा बनेको किरियापुत्री भवनको चाबी मागेका थिए।

जातीय विभेद गरेको भन्दै २०७७ वैशाख १८ गते मोहन सुनारले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसूरमा उजुरी दर्ता गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा आरोपित तीनै जनालाई पक्राउ गरेपछि बाटुलेचौरका स्थानीयले जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन समेत गरेका थिए।

उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितको तर्फबाट शिव सुनारले बहस गरेका थिए।

त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय शालिकराम भट्टराई र वेदबहादुर विष्टले बहस गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह