शुक्रबारदेखि आउने भयो काठमाडौँवासीका घरको धारामा मेलम्चीको पानी

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ | शुक्रबारदेखि पुनः काठमाडौँवासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौँको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए।


मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रूपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाडौँमा पानी आइपुगेको उनले बताए ।

आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिउँदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौँ आइरहनेछ । अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु(याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौँमा पानी वितरण गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने श्रेष्ठले बताए । साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको ’boutमा पनि अध्ययन भइरहेको उनले बताए ।

यस्तै मेलम्ची खानेपानी विकास समिति खारेजको विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा श्रेष्ठले जोड दिए । उनले निरन्तर रूपमा काठमाडौंमा खानेपानी वितरणका लागि विकास समितिलाई कसरी क्रियाशील र व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले प्रमुख प्राथमिकता दिनुपर्नेमा उनको जोड रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!