१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीको मृत्युपछि विश्व निकेतनमा प्रदर्शन

२२ मंसिर २०७९, बिहीबार ११:५५

मङ्सिर २२, काठमाडौँ | त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् ।


विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको खण्डन गरे । उनले धेरै दिन सदीक्षा विद्यालयमा अनुपस्थित भएपछि सोधपुछ गरिएको र नियमित आउन सल्लाह दिएर पठाएको बताए । त्यसपछि पनि अनुपस्थित भएकाले अभिभावक लिएर आउनु भनेर बुधबार सम्झाएर पठाएको बताए । विद्यार्थी भने विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले ‘टर्चर’ दिएको भन्दै उनलाई निलम्बन गर्न गरेका थिए ।

प्रधानाध्यापक कँडेलले विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीलाई निलम्बन गरिएको बताए । कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरु घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह