2026-10-02 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण

मङ्सिर २५, झापा | झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो ।

कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ ।  नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो । 

नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ । “भूमि ऐनले तथ्याङ्क सङ्कलन र धनीपुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा नपाएको अवस्था छ, अब त्यो अन्त्य हुन्छ ।”

नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो । निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ । कनकाइमा भूमिहीन दलितको सङ्ख्या तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९ र अव्यवस्थित बासोबासीको सङ्ख्या चार हजार चार सय २५ रहेको छ । उनीहरूको लगत सङ्कलनलगायतका सबै काम सकिएको छ भने एक हजार पाँच सय ३१ बिघा जग्गाको आठ हजार सात सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे