2026-10-17 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

श्रीमानको घाँटी पटुकाले कसिदिइन्, प्राण गएपछि झुन्डाइदिइन् दलिनमा

मङ्सिर २७, अर्घाखाँची | अर्घाखाँचीमा घरायसी झगडाका क्रममा श्रीमतीले आफ्नै श्रीमानलाई घरको दलिनमा झुण्डाएर हत्या गरेकी छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका १ की लक्ष्मी नेपालीले आफ्नै श्रीमान् ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेकी हुन् । 

शनिबार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र लगत्तै लक्ष्मीले पनि कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको खुलेको जिल्ला प्रहरीले बताए।

 हत्या गरेपछि आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिइन्। सार्की दाम्पतीले झगडा हुनु अगाडि मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

हत्या गरी झुण्डाएर छिमेकीको घरमा मलाई श्रीमानले कुटपिट गरे भनेर सहयोग माग्न पुगेकी रहिछन्, छिमेकी त्यहाँ पुग्दा बलबहादुर झुण्डिएको अवस्थामा भेटिए। रक्सीको मातमा घटना घटेको देखिन्छ। अनुसन्धान गर्दै जाँदा हत्या गरेर झुण्डिाएको स्वीकार गरिन्। लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु