१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

शैक्षिक भ्रमणका लागि मुस्ताङ आएका विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु

२८ मंसिर २०७९, बुधबार ०६:१४

मङ्सिर २८,जोमसोम | मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका-४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ। 

गुल्मीबाट शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका-७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटना स्थलबाट अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।


गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आइपुगेको बस मंगलबार बिहान करिब ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर विद्यार्थीको मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपी कृष्ण सुवेदीले जानकारी दिए। 

उनका अनुसार बसको ढोकाबाट खसेको विद्यार्थी गम्भीर घाइते भएको र अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको उनले बताए। शैक्षिक भ्रमणमा निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक/शिक्षिका र चालक र सहचालक सवार थिए।

बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु भएपछि बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट