2026-10-02 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चराउन ल्याएका मौरीले टोकेर मोरङमा वृद्धको मृत्यु, ४ जना घाइते

पुस ६, काठमाडौँ | चराउन ल्याएका मौरीले टोकेर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । 

मौरीले टोक्दा कानेपोखरी–५ का ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टोकेर मंगलबार दिउँसो गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा रमाइलो हेल्थ केयरमा मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ । 

कानेपोखरी–५ का ६८ वर्षीय झबर यादव, ३६ वर्षीय मानबहादुर सुनार, २० वर्षीया जेनिसा राजवंशी र ५५ वर्षीय शोखलाल ऋषिदेव घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको रमाइलो हेल्थ केयरमा उपचार गराइएको छ । चराउन ल्याउने क्रममा बिच्किएका मौरीले अन्य स्थानीयलाई पनि टोकेको प्रहरीले जनाएको छ । 

झापाको शिवसत्ताक्षी नगरपालिका–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पशुपति अधिकारीले चितवनबाट गाडीमा राखेर मौरी चराउन कानेपोखरी ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ घार मौरी चराउन ल्याएको खुलेको छ । गाडीबाट मौरीलाई चराउन निकाल्ने क्रममा एउटा घार भुइँमा खसेर फुटेको थियो । 

घार फुटेपछि बिच्किएका मौरीले वरपर हिँडडुल गरिरहेका स्थानीयलाई टोकेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे