2026-10-02 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

पुस १२, विराटनगर | विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । 

माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचबिखन रोकिने धारणा राख्नुभयो । 

महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाबीच पनि समन्वय जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचबिखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताउनुभयो ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले यस अवधिमा एक सय ३६ जनालाई बेचबिखन हुनबाट जोगाएको जानकारी दिनुभयो । संयोजक पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जना मात्रै फेला परेको जानकारी दिनुभयो । 

उहाँका अनुसार यस अवधिमा एकको उद्धार गरिएको र बेचबिखनमा संलग्न एक जनालाई पक्राउ गरी मुद्दा चलाइएको तथा एक सय पाँचवटा घरेलु हिंसाका घटना भएको बताउनुभयो ।

अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख  शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे