2026-10-02 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

लगाएको काम नमान्दा लौरो प्रहार गरी ५ वर्षीय भान्जाको हत्या गर्ने एक जना पक्राउ

पुस १२, काठमाडौँ । ओखलढुंगा  जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ वर्षीय नाबालक साङ्गे शेर्पाको हत्या अभियोगमा उनका १२ वर्षीय मामा पक्राउ परेका छन् ।

गत शुक्रबार घरबाट खेल्न बाहिर निस्किएका नाबालक शनिबार साँझ घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी टोलीले घटना स्थलमा पुगेर प्रारम्भीक अनुसन्धान गरेको थियो ।

सुरुमा उनी खेल्ने क्रममा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने आंकलन गरिएको भएपनि शरीरका विभिन्न भागमा कुटपिट भएको जस्तो चोटपटक देखिएपछि प्रहरीले हत्या भएको हुनसक्ने आशंका गरेको थियो । थप प्रमाण र घटनाको छानबिन गर्ने क्रममा उनकै मामा पर्ने १२ वर्षीय बालकले घटना घटाएको खुल्न आएको थियो ।

घटनामा संलग्न भएको पाईएपछि उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका ती बालकले प्रहरीसमक्ष घटना आफैँले घटाएको बताएका छन् ।

शुक्रबार दिउँसो नजिकैको जंगलमा दाउरा काट्न हिँडेका मामा संगै खेल्दै भान्जा पनि पुगेका थिए । त्यसैक्रममा आफुले लगाएको काम गर्न नमान्दा आवेगमा भान्जालाई लौरोले प्रहार गर्दा घटना घटेको उनले बताएका छन ।

मृतक नाबालक शेर्पाको शब कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइसकिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे