महेन्द्र केसी / असोज २ पर्वत ।    संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा  आज, भोलि र पर्सी देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदैछ ।  
    संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी / असोज २ पर्वत ।    संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा  आज, भोलि र पर्सी देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदैछ ।  
    संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक"/>
२० पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन दिनसम्म दिपावली गरी संविधान दिवस मनाइदै

२ आश्विन २०७३, आईतवार ०६:०७

महेन्द्र केसी / असोज २ पर्वत ।    संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा  आज, भोलि र पर्सी देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदैछ ।  

संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानन्यायधीश, सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघ संस्थाका प्रतिनिधि समेतको सहभागिता  रहेको मूल समारोह समिति समेत गठन गरिएको छ ।

मूल समारोह समितिले विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । असोज ३ गते विहान ८ वजे सैनिक मञ्च टुडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिने छ ।  संविधान दिवस मूल समारोह समितिको पहिलो बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलो संविधान दिवस सबैका लागि गर्वको विषय भएको बताए । संविधान संशोधन गरेर थप गतिशील बनाएको र आगामी दिनमा पनि अझै फराकिलो ढंगले असन्तुष्ट समुदायका माग सम्वोधन गरी संविधानलाई सर्वास्वीकार्य बनाउन सरकार प्रयत्नशील रहेको उनले बताए ।  

संविधान दिवसको अबसरपारी तीन दिनसम्म घरघरमा दिपावली गरी दिवस मनाउन  जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाबासीलाई अनुरोध गरेको छ । देशमा संविधानसभाबाट संविधान जारी भएको खुसियालीमा तीन दिनसम्म घरघरमा दिपावली गरी संविधान दिवस मनाउनको लागि प्रशासनले अनुरोध गरेको हो । तीन दिनसम्म आआफ्नो घरघरमा दिपावली  गरी संविधान मनाउनको लागि जिल्लाबासीमा अपिल        गरीएको छ । तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने तयारी समेत  गरिएको छ ।

जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिहेका छन् । संविधान दिवसको अबसरमा कर्मचारी मिलन केन्द्रको संयोजकत्वमा डबल व्याटमिन्टन प्रतियोगिता, शिक्षा कार्यालयको संयोजनमा उमाविस्तरीय “समृद्धको लागि नेपालको संविधान” शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । त्यसैगरी नेपाल बार एसोशियसनको संयोजनमा अन्तरक्रियाको आयोजना गरिएको छ ।

संविधान जारी भएको असोज तिन गते जिल्लामा प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीको नेतृत्वमा विहान प्रभातफेरी गरी मुल समारोहको आयोजना गरिनेछ भने ४ गते कुश्मा नगरपालिकाको संयोजनमा कुश्मा बजार सरसफाईलाई   निरन्तरता दिइनेछ ।  एकता युवा क्लबले पनि संविधान दिवसको अबसरपारी एकता चोकमा शैक्षिक सामाग्री वितरण गरी मनाउने तयारी गरिहरेको  क्लबका अध्यक्ष अच्यूत तिवारीले जानकारी दिए । सो अबसरमा जिल्लामा रहेका गरिब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री    वितरण गर्ने उनले बताए । सरकारले संविधान घोषणा भएको दिन असोज ३ लाई सार्वजानिक विदा दिने निर्णय समेत गरेको छ । मधेसी मोर्चाले भने असोज ३ लाई कालो दिनका रुपमा मनाउने तयारी    गरिरहेको छ ।

संविधानसभाबाट संविधान: कसरी उठ्यो माग, कसरी भयो पूरा ?


संविधानसभाको माग पहिलोपटक विक्रम संवत २००७ सालमा उठेको थियो । मोहन शमशेरले बालिगहरुले चुनेको वैधानिक सभाले संविधान बनाउने गरी घोषणा गरे । पछि राजा त्रिभुवनले पनि २००७ मै जनताबाट निर्वा्चित सभाले संविधान लेख्ने घोषणा गरे । तर विवाद हुँदै गएर संविधानसभाको चुनाव हुनुको साटो, ०१५ सालमा संसदको चुनाव भयो । बिसं २०१७ साल पुष १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित प्रधानमन्त्री वीपी कोईरालालाई अपदस्थ गरी सत्ता हत्याएपछि फेरि संविधानसभाको चुनावको कुरा नेपाली राजनीतिमा फेरि उठ्यो ।

२०१७ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको दरभंगा प्लेनम(विस्तारित बैठक)मा मोहनविक्रमको संविधानसभाको लाईन पारित भयो । तर पछि त्यसलाई अगाडि बढाइएन् । बिसं २०४७ सालमा संविधानसभाको चुनाव हुनुपर्ने नेकपा मसालले माग सार्बनजिक गर्यो, र संविधान सभाको चुनाव हुनुपर्ने माग गर्दै ०४८ सालको संसदीय चुनावको बहिस्कार गर्यो । बिसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले दोस्रो विस्तारित बैठक मार्फत संविधान सभाको कुरा उठायो । गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको नारा पारित गरेको पनि गर्यो । त्यसयता तत्कालीन सरकारसँग भएका वार्ता संविधानसभाको चुनाव स्वीकार नगर्दा भंग भएका     थिए ।

कसरी संम्भब भयो संबिधानसभाको निर्वाचन ?

२००४ सालमा राणहरुले पहिलो लिखित संविधान दिन खोजे तर लागू हुन सकेन । संविधनसभाबाट संविधन जारी गर्न भनेर २००७ सालको अन्तरिम संविधान ल्याइयो । तर त्यो अन्तरिम नै रह्यो र २०१४ सालमा संसद वा संविधानसभाको चुनाव गर्ने भनेर राजा र प्रधानमन्त्रीबीच विवाद भयो र प्रधानमन्त्री टंक प्रसाद आचार्यले राजाकै निर्देशनमा संविधानसभाको   नगरी संसदकै चुनाव गरे । त्यसपछि नेपाल अधिकारज्यको संविधान २०१५ मा जनताबाट निर्वा्चित प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गर्नु पर्छ भन्ने मान्यता थियो । त्यो मान्यताले राजाहरुले संविधान बनाउन लगाए । विदेशबाट विज्ञहरु पनि ल्याइयो । तर      कार्यकारी अधिकार राजामै निहित भयो । त्यसैले बाधा अड्काउ र संकटकाल सम्बन्धी धारा १५५ लाई प्रयोग गरेर राजाले निर्वा्चित प्रधानमन्त्रीलाई र संसदमा विघटन गरेर २०१७ सालमा पञ्चायती व्यवस्था लादे ।

जसका कारण २०१७ देखि २०१९ सालसम्म नेपालमा संविधान विहिन अवस्था रह्यो । २०१९ सालमा राजालाई केन्द्रमा राखेर संविधान जारी गरियो । जसमा दलीय व्यवस्थालाई प्रतिवन्ध लगाइएको थियो । कार्यकारी र न्यायीक अधिकार राजामा नै निहित थियो । जनताले निर्वा्चित गरेका प्रधानमन्त्री पनि राजाकै आदेश अनुसार चल्थे । २०४६ सालमा पहिलो जनआन्दोलन भए पछि २०१९ सालको संविधान खारेज गर्दै २०४७ सालमा विश्वनाथ उपाध्ययायको संयोजकत्वको मस्यौदा समिति बनाइयो । २०४७ सालको संविधानमा पनि कार्यकारी अधिकार राजा र प्रधानमन्त्रीमा रहने र राजाले अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीको सल्लाह र सम्मतीमा कार्यकारी अधिकार प्रयोग गर्ने भनिएको थियो । तर राजाहरु त्यसलाई कार्यान्वयनमा पछि हटे । जनतामा भएको सार्वभौम अधिकार तत्कालिन राजा ज्ञानेन्द्रले प्रयोग गरी कार्यकारी अधिकार आफैमा निहित राख्दा २०५९ देखि २०६३ सालसम्म कार्यकारीयुक्त निरंकुष राजतन्त्र रहयो । ६५ वर्ष अघिको नारा भए पनि संविधानसभाको औपचारिक माग तत्कालिन नेकपा माओवादीले २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट अघि सा¥यो । २०५२ सालदेखि जनयुद्ध थालेको माओवादीले ०५८ सालमा सरकारसँग पहिलो वार्ता ग¥यो । तर, संबिधानसभाको निर्वाचनकै कारण वार्ता सफल हुन सकेन । पटक पटक भएका वार्तामा माओबादीले एउटै माग छाडेन ।

२०५८ साल जेठ–१९ गते राजदबार हत्याकाण्ड पछि ज्ञानेन्द्र शाह राजा भए । माओवादीविरुद्ध संकटकाल लगाउने÷नलगाउने विषयमा विवाद हुँदा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को चुनावको मिति तोक्दै प्रतिनिधिसभा विघटन गराए । माओवादी आन्दोलनका कारण चुनाव हुन सकेन । ज्ञानेन्द्रलाई देउवालाई हटाउने गतिलो बाहना मिल्यो । २०५९ असोज १८ गते देउवालाई असक्षमताको आरोपमा बर्खास्त गरे । ज्ञानेन्द्रले सम्पूर्ण साशनसत्ता आफ्नो हातमा लिंदै २०६१ माघ १९ गते कू गरे । नेताहरुलाई नजरबन्दमा राखे । टेलिफोन लाइन काटियो । सञ्चारसम्पर्कबाट विच्छेद गराइयो । विस्तारै नेताहरुको नजरबन्द फुक्का हुँदै गयो । ज्ञानेन्द्रको निरंकुशताले आजित बनेका तत्कालिन सात दल र युद्धरत माओवादीबीच २०६२ मंसीर ७ गते भएको १२ बँुदे समझदारीले संविधानसभाको नयाँ आधार खोज्दै ज्ञानेन्द्र विरुद्ध आन्दोलनको मार्ग कोर्यो । दोस्रो जनआन्दोलन शुरु भएको १९ दिनमै ज्ञानेन्द्र शाह सत्ता छोड्न बाध्य      भए ।

२०६३ मंसीर ५ गते तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र जनयुद्धका कमाण्डर प्रचण्डले हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौता र त्यही वर्षको माघ १ गते अन्तरिम संविधान, २०६३ घोषणा भयो । अन्तरिम संविधानमा २०६४ सालभित्र संविधानसभाको निर्वाचन गर्ने व्यवस्था गरियो । सोहि व्यवस्था अनुरुप २०६४ साल चैत्र २८ गते ऐतिहासिक संबिधानसभाको निर्वाचन     भयो । तर, दुई बर्षमा बनाउने भनिएको संविधान चार वर्षमा पनि बन्न सकेन । पटक पटक गरेर दुई वर्ष लम्ब्याई संबिधानसभाको आयु ४ वर्ष बनाउँदा पनि संविधान बनेन र २०६८ साल जेठ १४ गते संविधानसभा भंग भयो ।

दलहरुबीच झन् बढी धु्रवीकरण र चरम अविश्वास बढ्यो । जसका कारण सरकारको नेतृत्व  कर्मचारीतन्त्रमा पुग्यो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बने र उनकै नेतृत्वको चुनावी सरकारले दोस्रो संविधानसभा निर्वाचन गरायो । चुनावमा जनताले दलहरुलाई शंकाको सुविधा दिंदै उत्साहजनक सहभागीता जनाए ।

दोस्रो संविधानसभाले पनि एकवर्ष्भित्र संविधान बनाउने वाचा गरेको थियो, तर संविधान त बन्न सकेन बरु संविधानसभाभित्रै मारमुङ्ग्री भयो । संविधानसभा पक्ष विपक्षमा कित्ताकाट भयो । दलहरुबीच तिब्र धु्रवीकरण बढ्यो । दलहरु नमिली सुखै थिएन । त्यो मिल्ने वातावरण बैशाख १२ को विनासकारी भूकम्पले तयार पारिदियो । प्रमुख ४ दलबीच १६ बुँदे सहमती भयो र त्यही सहमतीका आधारमा संविधान बन्ने ज्ञारेन्टी भयो । संविधानसभाबाट पारित भइसकेको संविधान असोज ३ गते भब्य  समारोहका बीच जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल