३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

राष्ट्रिय हिन्दू एकता मञ्चको केन्द्रिय सदस्यमा पंडित पुरुषोत्तम दुवे नियुक्त

२९ बैशाख २०७३, बुधबार ०७:२८

बैशाख २९, वीरगंज । राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल
केन्द्रिय कार्य समितीको बैठकले ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेलाई केन्द्रिय सदस्यमा मनोनित
गरेको छ । दुवे हिन्दू धर्म एवं संस्कृति रक्षाको लागि वीरगंज लगायतका क्षेत्रमा सक्रिय भुमिका निर्वाह
गर्दै आएको हुनाले वहाँलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका
केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख ठुलीबाबा खड्काले बताए ।
parsa
खड्काका अनुसार नव नियुक्त केन्द्रिय सदस्य दुवेलाई हिन्दू धर्म
रक्षा एवं संस्कृति जर्गेणाका लागि बिभिन्न समितीहरु गठन गर्ने एवं संगठन बिस्तार गर्ने समेतको अधिकार
दिइएको बताए । राष्ट्रिय हिन्दू एकता मञ्च नेपालले हिन्दू धर्मको मर्म जनमानसमा बुझाउदै नेपाल
राष्ट्रलाई वैदिक सनातन हिन्दू राष्ट्रको निरन्तरता कायम गराउन र वैदिक सनातन हिन्दू धर्म संरक्षण महा
अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सो जिम्मेवारी दुवेलाई दिएको र सो संस्थाको मुख्य वटम लाईन
भएको खड्काले बताउनुभयो ।

नव नियुक्त केन्द्रिय सदस्यको दायित्व पत्र बुझदै दुवेले आफुलाई
संगठनले दिएको जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्ने र हिन्दू धर्म रक्षाको लागि आफु कुनै किसिमको
त्याग र कुर्वानीको लागि तयार रहेको बताए । वीरगंज उपमहानगरपालिका वडा नं. १४ निवासी दुवे नेपाल ज्योतिष
परिषदको केन्द्रिय सदस्य एवं विश्व हिन्दू परिषद पर्साको अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’