१९ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षामा सधैँ प्रथम भएको भन्दै साथीको अपहरण, चार बालक पक्राउ

२५ पुष २०७९, सोमबार १२:०७

पुस २५, पर्सा | पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन। 

कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो। 

वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए। त्यही बेला उनीसँगै कक्षामा पढ्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए। 

बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेत नदिई घरबाट ३ सय मिटर टाढासम्म लगेको पाइएको छ। सुनसान खाली चौरमा लगेर मुखमा गलबन्दी, पन्जा तथा रूमाल समेत कोचेको पाइएको छ। कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टासमेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए। 

परिवारले आफ्ना छोरा हराएको भन्ने खबर दिएपछि प्रहरीको टोली खटिएको थियो। 

उक्त टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको हो। यस्तै आरोपित चार जना बालकलाई पनि नियन्त्रणमा लिइएको छ। पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। 

डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे। उनीमाथि रिस, द्वेश र आरिसका कारण अपहरण गरेको पाइएको हो। 

अपहरण गर्ने बालकहरूलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो? शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता ‘लाज शरणम्’मा बालेनको गीत गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर स्वर्णलक्ष्मी ठगी प्रकरण– रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : प्रमुख शाह बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन बैतडीमा २४ वर्षीया महिला बलात्कृत, श्रीमान् भारत हुँदा गर्भ बसेपछि बाहिरियो घटना अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कनमा नम्बर पाउने एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुन्छ? साउदीमा ६ इरानीलाई फाँसी के भएको थियो सचिन परियारलाई ? शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला गौशालास्थित होटलमा युवतीको मृत्यु: होटेलबाट ‘केहीबेरमा आउँछु’ भनि निस्केका थिए सँगै बसेका युवक गौशालास्थित होटलमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन मबाट अलग गराएपछि रवि कमजोर हुन्छन् भन्ने बुझेकाहरूले नराम्रोसँग खेल खेले : मुकुल ढकाल