२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा यति एयर दुर्घटना : ६८ यात्रुसहित ७२ जना थिए दुर्घटनाग्रस्त विमानमा, उद्धार जारी

२०७९, १ माघ आईतवार ०६:१०

माघ १, पोखरा | प्रहरीले दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४ सदस्य पनि विमानमा थिए । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस सवार थिए ।


आज बिहान काठमाडौबाट पोखराका लागि उडेको ९ एन एएनसी एटिआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो। क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलका अनुसार दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउने प्रयास जारी छ। विमानस्थलमा अहिले आगोको मुस्लो  देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस