भीरबाट खसेर मकवानपुरमा एक जनाको मृत्यु

साझासवाल
1 Min Read

माघ ८, मकवानपुर | भीरबाट खसेर मकवानपुरमा एकजना किशोरीको मृत्यु भएको छ ।

पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ३ भुटीभकारीकि १८ वर्षीय रेखामाया थोकरको भीरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार थोकरको आफ्नो घर भन्दा करिब ५ सय मिटरको क्षेत्रमा रहेको भीरबाट खसेर ज्यान गएको हो ।

मृत्यु भएको खबरपछि प्रहरी पुगेको र शव आफन्तको जिम्मामा रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply