2026-06-17 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढानिलकण्ठको चुनिखेलमा बसको ठक्‍करबाट ३ वर्षीया बालिकाको मृत्यु

माघ ९, काठमाडौँ | काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो। 


बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले उनलाई तत्काल करूणा अस्पताल लगेको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। 

खोटाङ हलेसी तुवाचुङ गाउँपालिका वडा नं ५ घर भई हाल बुढानिलकण्ठ तल्लो भंगालमा डेरा गरी बस्ने २५ वर्षीय देलिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। 

दुर्घटनापछि स्थानीयले केही सवारी साधनमा क्षति समेत पुर्‍याएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरू महाराजगञ्ज, बौद्ध, गौशाला र प्रहरी प्रभाग बुढानिलकण्ठ, कपनबाट प्रहरी परिचालन गराइएको छ। घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ