2026-06-17 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनोद चौधरीको अर्को ठगी धन्दा बाहिर

माघ १०, काठमाडौँ | डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरी र उनको व्यवसायिक समूह सीजी ग्रुपका बदमासी एकपछि अर्को बाहिर निस्कन थालेको छ । करछली र सम्पत्ति शुद्धिकरणका आधा दर्जनबढी मुद्दा थाती छन् । विभिन्न कारखाना तथा परियोजनाले सार्वजनिक जग्गा मिचेको, प्रक्रिया पूरा नगरेको समाचारसँगै ३८ वर्ष पुरानो वाईवाई कारखाना रहेको ललितपुर सैंबुका घर र कारखानाको करसमेत अहिलेसम्म नतिरेको पाइएको छ ।


शुरुका दिनमा प्रति मीनेट १२० प्याकेट चाउचाउ उत्पादन गर्ने उक्त कारखानामा अहिले २१ सय प्याकेटसम्म तयार हुने र सबैतिर गरेर वार्षिक ४० हजार टन वाइवाइ निस्कने गरेको छ । भारतलगायत विश्वका विभिन्न देशमा वाइवाइ बेचेर धनी भएको बताउने गरेका चौधरीको सिजी कम्पनीले सैंबुस्थित कारखानाको कर र राजश्व भने हालसम्म बुझाएका छैनन् । ‘सैंबुस्थित वाइवाई फ्याक्ट्री रहेको जग्गाको तिरो तिरेको तर त्यहाँभित्र रहेका धेरै वटा कारखाना र कार्यालय भवनहरूको करचाहिँ अहिलेसम्म बुझाएको देखिँदैन,’ ललितपुर महानगरपालिका वडा नम्बर १८ कार्यालयले जनाएको छ ।

जग्गाको तिरो तिरेको रसिद देखाउँदै हालसाबिक निम्ति वडाबाट कागजपत्र प्रमाणित गराउन आउँदा उक्त तथ्य खुलेको हो । कम्पाउण्डभित्रका भवनहरूको तोकिएको कर तिर्न आफूहरूले सिजीलाई आग्रह गरेको वडाध्यक्ष दामोदर खड्काले पनि बताए । जनआस्थासँगको कुराकानीमा खड्काले भने, ‘बिग हाउस, कर्पोरेट हाउस भन्नेले अरबौं आम्दानी गर्ने तर सुको कर नतिर्ने हो भने महानगरभित्र टिनको झुपडीमा बस्नेले मात्र नियम मान्नुपर्छ भन्ने के छ ?’ कारखाना, कार्यालय भवन र त्यसले चर्चेको जग्गाको सबै कागजात मिलाएर आए अभिलेखीकरण गरिदिन कुनै आपत्ति नरहेको बताउँदै खड्का थप्छन्, ‘महानगरलाई दिनुुपर्ने यसअघिका सबै रकम तिरेपछि मात्रै मालपोत बुझाउन भनिएको छ ।’

वाइवाइका मालिक चौधरीले ३८ वर्षदेखि नतिरेको रकम अहिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारभित्र रहेर शुरुदेखि तिर्नुपर्नेमा ललितपुर १८ वडा कार्यालय प्रतिबद्ध देखिन्छ । उसले भनेको छ ‘तत्कालीन सैंबु गाउँ पञ्चायत, सैंबु गाउँपालिका र कार्यविनायक नगरपालिकालाई कर बुझाएको निस्सा वा नबुझाएको भए सो रकम अहिले ललितपुर महानगरलाई तिर्नुपर्ने हुन्छ । कम्पाउण्डभित्र रहेका सबै संरचनाको तोकिएको शुल्क र हर्जाना तिर्नुपर्छ । त्यहाँ रहेका भवनहरू जस्ताको तस्तै नक्शांकन गरेर ल्याउनुपर्छ । अनि मात्रै अरु काम हुन्छ ।’ 

यता, सोही क्षेत्रमा सिजी ग्रुपले सिजी हिल्स निर्माण गरेको छ । उक्त कोलोनीमा ५६ वटा घर ठडिएका छन् । तर, कोलोनी छिर्ने मुख्य सडक चौधरीले मिचेको स्थानीयको गम्भीर आरोप छ । कोलोनीमा सहज आवागमनको लागि सार्वजनिक जग्गा मिचेर कायम गरेको सडक यथावत राख्न उक्त ग्रुपले एक करोड घुस अफरसहित अनेक कोसिस गरेको समाचार विभिन्न टेलिभिजनमा समेत सार्वजनिक भइरहेका छन् । सोही बाटोबारे उठेको विवादमा वडाध्यक्षले भने, ‘सरकारी सार्वजनिक जग्गा कसैले मिच्न पाउँदैन । निजी भनिएका जग्गाको पनि नियमानुसार तिरो र शुल्क बुझाउनै पर्छ । सार्वजनिक जग्गा मिच्ने कुराको कसैले पनि कल्पना नगरे हुन्छ । म दायाँबायाँ गरेर कलम चोप्ने मान्छे होइन ।’ जनआस्था

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ