2026-10-02 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुसाइड नाेट लेखेर अर्का व्यवसायीले गरे आत्महत्या

माघ १२, काठमाडौँ । विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, माेरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपककुमार श्रेष्ठले बताए।

माेरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसाइड नाेट भेटिएको छ। जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नु परेको उल्लेख छ। सुसाइड नाेटअनुसार न्याैपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नाेटमा उल्लेख छ। त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेकाे छ। शिखर इलेक्ट्रिक बुबाको नाममा रहेकाे छ। न्याैपानेले नाेटमार्फत् बैंकले रोक्का गर्न सक्ने आशंका गर्दै बुवाको नामको मुद्धति खातामा रहेको रकम निकालेर अन्यत्र राख्न सुझाव दिएका छन्।

मोरङ व्यापार संघका कार्यकारिणी सदस्य तथा विद्युतीय सामग्रीका व्यवसायी गोपाल अग्रवालले आर्थिक क्षेत्रमा देखिएको संकटले व्यवसायीमाथि दवाव र तनाव दुवै बढ्दै गएको बताए। पोखरियास्थित उनको छिमेकी तथा नेपाली कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आर्थिक भारले व्यवसायी उच्च तनाव रहँदा समस्या देखिएको बताउँछन्।

उनले भने, ‘हिजो काठमाडौँमा इलामका व्यवसायीले आगो लगाएर मृत्युवरण गरे। आज विराटनगरमा अर्का व्यवसायीले झुण्डिनु परेको अवस्था छ। यो सरकार, जनताको अभिभावक कहाँ छ? लिएको ऋणका कारण आज एकपछि अर्कोले ज्यान गुमाउनु परेको छ। अब सरकारले यसबारे समाधान निकाल्न जरुरी भइसकेको छ। सरकार निरीह भएर बस्नुको औचित्य छैन।’

न्याैपानेकाे काेठामा भेटिएकाे सुसाइड नाेट:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग