२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेश प्रदेशमा छ महिनामा सडक दुर्घटनामा २८१ ले ज्यान गुमाए

२०७९, १७ माघ मंगलवार ०९:२६

माघ १७, काठमाडौँ | मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ ।  चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९÷८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

गत साउन–१ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१  घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताउनुभयो । बारामा मात्रै सडक दुर्घटनाका घटनामा छ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३÷३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप  र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रदेशभित्र आव २०७६÷७७ मा एक हजार तीन सय ४०, २०७७÷७८ मा तीन हजार नौ सय ८३ र  २०७८÷७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ । 

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार आठ ६७, छ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ । 

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउनुहुन्छ । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

“छ महिनामै एक लाख ४६ हजार एक सय ८० वटा (दोहोरिएकासमेत) सवारी साधनलाई कारबाही गरेका छौँ, यसबाट रु १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ”, प्रनाउ भण्डारी भन्नुहुन्छ, “विगत वर्षभन्दा जारी आवको छ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अद्र्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ ।” कारबाहीमा पर्ने सवारी साधन पनि बढेका बढ्यै छन् ।  

आव २०७६/७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७÷७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८÷७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए । ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ । दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ