2026-10-02 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

माघ १८, पाँचथर | पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो । 

वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिनुभयो । स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि उच्च रक्तचाप र मधुमेहको औषधि वितरण थालिएको हो 

“अहिले ६० वर्ष कटेका ५४ जना उच्च रक्तचाप र मधुमेहका बिरामी भेटिनुभएको छ । उहाँहरूमध्ये सात जना दुवै समस्याबाट ग्रसित हुनुहुँदोरहेछ”, वडाध्यक्ष राईले भन्नुभयो, “कतिपयले औषधि खाने गर्नुभएको रहेछ भने रोग लागेको भए पनि कतिपयले औषधि सेवन नगरेको पायौँ ।” वडाले निःशुल्क औषधि वितरण गरेपछि भने सबैले औषधि सेवन गर्न थालेको वडाध्यक्ष राईको भनाइ छ ।

वडाको बजेटबाट याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरी स्वास्थ्यचौकी ओयाममार्फत वितरण थालेको छ । “बिरामीले सेवन गर्ने गरेका उच्च रक्तचाप र मधुमेहका २३ प्रकारका औषधि खरिद गरी वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “त्रैमासिकरूपमा औषधि वितरण गर्ने योजना बनाएका छौँ ।” हालसम्म छ महिनाको औषधि वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग