२२ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर

१९ माघ २०७९, बिहीबार ०२:५७

माघ १९, झापा | झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ ।

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो ।

भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारी मापदण्डअनुसारको खाद्यवस्तु उत्पादन भए नभएको हेर्ने गरेका छौँ ।” मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उहाँले बताउनुभयो । बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्री–वितरण भइरहेका छन् । नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराई बताउनुहुन्छ ।

खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ । विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ । जिल्लामा सङ्कलित खाद्यवस्तुको नमूना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु ‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने! उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि.. सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद सीआइबीले थाल्यो एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान फेसबुकमा दीपकराज गिरी र निश्चल बस्नेत जुवारि पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै रास्वपा आज (बिहीबार) एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य, किन घट्यो? छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति च्याम्पियन्स लिगमा आर्सनल इन्टरमिलानसँग १–० गोलले पराजित चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् ः देउवा आजको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस