३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकासका योजना गाउँमा, मान्छे सहरमा

२० माघ २०७९, शुक्रबार ०८:०२

माघ २०, अर्घाखाँची | लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै  वडामा मोटरबाटो पुग्नाका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ । 

सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय बने पनि मानिसहरु भने धमाधम बसाइँ सर्दै छन् । 

गाउँका अधिकांश घर खाली रहेका र मानिस भएका घरमा पनि १६ देखि ५० वर्षसम्मका मानिस भने फाटफुट मात्र भेटिन्छन् । कोहीले बसाइँसराइको कागजपत्र बनाएर बसाइँ सरेका छन् भने कोही भने नबनाइकनै । 

विसं २०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घरपरिवार बसाइँ सरे । विसं २०७८मा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे । विसं२०७९  वैशाखदेखि मङ्सिर मसान्तसम्म एक हजार छ सय दुई घरधुरीले बसाइँ सरिसके ।  

बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिका बनेको छ  । उक्त गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत ३२ महिनामा यस गाउँपालिकाबाट एक हजार एक सय २४ घरपरिवार बसाइँ सरेका थिए । सोही अवधिमा अन्य ठाउँबाट एक सय ९० परिवार मालारानीमा बसाइँ आएका थिए । 

अन्य पालिकाको तुलनामा सन्धिखर्क नगरपालिकाबाट बसाइँसराइ गर्नेको सङ्या सबैभन्दा थोरै छ । त्यहाँबाट विगत ३२ महिनामा तीन सय ३० घरपरिवार बसाइँसराइ गरेर गएको नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी शालिकराम नेपालीले बताउनुभयो । सो अवधिमा एक सय ७८ घरपरिवार अन्यत्रबाट बसाइँ आएका थिए । 

विगत ३२ महिनामा शीतगङ्गा नगरपालिकाबाट आठ सय ९७ घरपरिवार बाहिरिएका र दुई सय १५ घरपरिवार भित्रिएका नगरपालिकाका पञ्जीकरण शाखाका धर्म बन्जाडेले बताउनुभयो ।  भूमिकास्थान नगरपालिकाबाट तीन सय ४१ घरपरिवारका एक हजार तीन सय ७७ व्यक्ति बसाइँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले जानकारी दिनुभयो ।  पाणिनी गाउँपालिकाबाट चार सय ३६ घरपरिवार बसाइँसराइ गरेर गएका र ४३ घरपरिवार अन्यत्रबाट बसाइसराइ गरेर आएको त्यहाँका कर्मचारी माधव घिमिरेको भनाइ थियो । 

यसैगरी छत्रदेव गाउँपालिकामा छ सय १६ घरपरिवार बसाइँ सरेर अन्यत्र गएको र ७० घरपरिवार भित्रिएको गाउँपालिकाले जनायो । 

राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाकोे कूल जनसङ्ख्या एक लाख ९७ हजार छ सय ३२ रहेकामा पुरुष ८६ हजार दुई सय ६६ र महिला एक लाख ११ हजार तीन सय ६६  थिए । विसं २०७८ सालको जनगणनामा जिल्लाको  जनसङ्ख्या घटेर एक लाख ७२ हजार पुगेको थियो । 

वर्ष बसाइँ सरी आउने बसाइँ सरी जाने 

२०७७ १०८ ८१८

२०७८ ३६० १,३२३

२०७९

मंसिर मसान्त सम्म २५७ १,६०२

 जम्मा ७२५ ३,७४३

स्थानीय, प्रदेश तथा सङ्घका सबै निर्वाचनमा राजनीतिक दलहरुले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाहरुको थियो। निर्वाचनमा युवालाई गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिए पनि युवाहरु अहिले रोजगारीका लागि सहरबजार तथा विदेशमा जान बाध्य छन् । 

अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिहस्थान, सिद्धेश्वर शिवालयलगायत ठाउँमा पर्यटनको सम्भावना भए पनि प्रचारप्रसार र रोजगारी बढाउने योजना भने अझै बनेको छैन । 

जिल्लाका छवटै पालिकामा बसाइँसराइ कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेबालीलगायतलाई प्राथमिकता दिनुपर्ने, विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिनुपर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरिनुपर्ने  विकासका पूर्वाधार दिगो विकासको नीतिअनुरूप अघि बढाउनुपर्ने प्रस्ताव अघि बढाइएको थियो ।

बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ गर्ने बढेका र बढ्दो सहरीकरण, सेवासुविधा उपलब्ध, सुरक्षालगायत कारणले आन्तरिक बसाइँसराइको मात्र बढ्दै गएको हो ।

अर्घाखाँची विप्रेषण आउने जिल्लामध्ये अग्रपङ्क्तिमा रहेपनि  प्राप्त रकम  उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा अन्यत्र श्रम बेच्ने मानिस उत्पादन गर्ने थलो बनेको स्थानीयवासीको गुनसो थियो । 

अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा तथा युवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत मुलुकमा छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलाशिता र अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ ।  

युवा जनशक्तिलाई विदेश पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको नभएको र  स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यन्साको रकम बाहिरिने  गरेको हो ।

वार्षिक झन्डै साढे सात अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेपनि  तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको स्थानीय सहकारी संस्थाको अनुमान छ । चालिस प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र (घडेरी र घरमा) खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम र कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडाँैमा घर घडेरी उक्त रकम  खर्च भएको छ ।  

बाँकी रहेको २० प्रतिशत रकम मात्र कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बसजस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहे पनि सम्बद्ध व्यावासायीले बीचैमा व्यवसाय छाड्ने गरेका पाइन्छ । गाउँका अधिकांश बारी तथा खेत बाँझै  छन् । सबै घरमा वृद्धवृद्धा मात्र छन् । अधिकांश श्रीमान्हरु रोजगारीका लागि विदेश र श्रीमतीहरु छोराछोरी पढाउन भनेर सहर झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड