२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहुलीको घुम्टो उठाउने बित्तिकै बिहे घरमा हाहाकार, बेहुलाले भने – ‘आत्महत्या गर्छु’

२०७९, २२ माघ आईतवार ०८:००

माघ २२, काठमाडौँ | एजेन्सी | उत्तर प्रदेशको सम्भल जिल्लामा विवाहमा ठगीको अनौठो घटना बाहिर आएको छ । युवती पक्षले कान्छी छोरीको सट्टा जेठी छोरीसँग बिहे गरेको आरोप छ ।

ससुरा घरमा अनुहार देखाउने रीतिरिवाजका क्रममा बेहुलीको घुम्टो उठाउँदा हंगामा मच्चिएको थियो । आक्रोशित केटा पक्षले तुरुन्तै बेहुलीलाई माइती पठाए। अब बेहुलाले न्याय नपाए आत्महत्याजस्ता कदम चाल्ने धम्की दिएका छन् ।


भारतीय मिडियाका अनुसार जिल्लाको हजरत नगर गढी थाना क्षेत्र अन्तर्गत कटौली गाउँको घटना हो। यहाँ बस्ने दलचन्दको कैलादेवी थाना इलाकामा बस्ने युवतीसँग जनवरी २६ मा विवाह भएको थियो ।

चलनका कारण बेहुलीको टाउको घुम्टोले छोपिन्थ्यो । परम्परागत रितिरिवाज अनुसार दुलाहा र दुलहीले सात वटा परिक्रमा गरी सात जन्मसम्म सँगै रहने वाचा गरेका थिए ।

बेहुलीलाई बिदा गरेपछि बेहुलाले आफ्नो गाउँ कटौली ल्याए । त्यसपछि बिहे घरमा नयाँ बुहारी आएपछि अनुहार देखाउने रिवाज सुरु भयो । यो समयमा बेहुलीको टाउकोबाट बेहुला पक्षका महिलाले घुम्टो उठाएपछि घरमा उपस्थित मानिसहरुको होसहवास उडेको थियो ।

वास्तवमा, बेहुला पक्षले आफ्नो छोराले पर्दाको आडमा दुलहीकी दिदीसँग विवाह गरेको थाहा पाए। चाँडै यो कुरा गाउँमा फैलियो र ससुराले बेहुलीलाई माइती पठाए । त्यसपछि दुवै पक्षबीच बहस र पञ्चायत सुरु भयो । आफन्तको उपस्थितिमा भएको यो पञ्चायतमा बेहुलीको पक्षले आफूसँग दाइजो मागेको कुरा गरेको सुनियो । केटा पक्षले केटीको पक्षले पर्दाको आडमा ठगी गरेको भन्दै आएको थियो ।

केटी पक्षले कुरा छिन्दा कान्छी छोरी देखाएर जेठी छोरीलाई विवाह गरेर पठाएको उनीहरूको आरोप छ । उनीहरूका अनुसारजेठी मानसिक रूपमा कमजोर छिन् ।

जनवरी २६ देखि हालसम्म यस विषयमा आफ्नै समुदायका मानिसहरूबीच पञ्चायत भए पनि हालसम्म यो समस्याको समाधान हुन सकेको छैन । अहिले बेहुला दलचन्द भन्छन्, ‘मसँग न्याय भएन भने म आत्महत्या गर्छु ।’ अहिले केटाको पक्षले प्रहरीमा उजुरी दिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

बेहुला दलचन्दले भारतीय मिडिया आजतकलाई भने , ‘मेरो विवाह २६ जनवरीमा भयो । मलाई देखाएको केटी अर्कै थिइन् । जहाँ अर्कैसँग बिहे भयो । मैले बिहे गरेकी केटीमा मानसिक कमजोरी छ । मलाई धोका दिइयो। उनलाई मसंग राख्ने छैन। म विष खाएर वा झुण्डिएर मर्छु।’

बेहुलाका बुवाले भने, ‘जब बिहे भयो, रातको ३ बजिसकेको थियो । केटीको टाउकोमा घुम्टो थियो । चलनअनुसार दुलही घुम्टोमा मात्रै बस्छिन् । बिहेपछि बेहुलीलाई बिदा गरेर घर ल्याइयो । घर आएपछि समारोह भइरहँदा अर्की केटी बाहिर आइन् । जसलाई तत्काल फिर्ता पठाइयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन