९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहुलीको घुम्टो उठाउने बित्तिकै बिहे घरमा हाहाकार, बेहुलाले भने – ‘आत्महत्या गर्छु’

२२ माघ २०७९, आईतवार ०८:००

माघ २२, काठमाडौँ | एजेन्सी | उत्तर प्रदेशको सम्भल जिल्लामा विवाहमा ठगीको अनौठो घटना बाहिर आएको छ । युवती पक्षले कान्छी छोरीको सट्टा जेठी छोरीसँग बिहे गरेको आरोप छ ।

ससुरा घरमा अनुहार देखाउने रीतिरिवाजका क्रममा बेहुलीको घुम्टो उठाउँदा हंगामा मच्चिएको थियो । आक्रोशित केटा पक्षले तुरुन्तै बेहुलीलाई माइती पठाए। अब बेहुलाले न्याय नपाए आत्महत्याजस्ता कदम चाल्ने धम्की दिएका छन् ।


भारतीय मिडियाका अनुसार जिल्लाको हजरत नगर गढी थाना क्षेत्र अन्तर्गत कटौली गाउँको घटना हो। यहाँ बस्ने दलचन्दको कैलादेवी थाना इलाकामा बस्ने युवतीसँग जनवरी २६ मा विवाह भएको थियो ।

चलनका कारण बेहुलीको टाउको घुम्टोले छोपिन्थ्यो । परम्परागत रितिरिवाज अनुसार दुलाहा र दुलहीले सात वटा परिक्रमा गरी सात जन्मसम्म सँगै रहने वाचा गरेका थिए ।

बेहुलीलाई बिदा गरेपछि बेहुलाले आफ्नो गाउँ कटौली ल्याए । त्यसपछि बिहे घरमा नयाँ बुहारी आएपछि अनुहार देखाउने रिवाज सुरु भयो । यो समयमा बेहुलीको टाउकोबाट बेहुला पक्षका महिलाले घुम्टो उठाएपछि घरमा उपस्थित मानिसहरुको होसहवास उडेको थियो ।

वास्तवमा, बेहुला पक्षले आफ्नो छोराले पर्दाको आडमा दुलहीकी दिदीसँग विवाह गरेको थाहा पाए। चाँडै यो कुरा गाउँमा फैलियो र ससुराले बेहुलीलाई माइती पठाए । त्यसपछि दुवै पक्षबीच बहस र पञ्चायत सुरु भयो । आफन्तको उपस्थितिमा भएको यो पञ्चायतमा बेहुलीको पक्षले आफूसँग दाइजो मागेको कुरा गरेको सुनियो । केटा पक्षले केटीको पक्षले पर्दाको आडमा ठगी गरेको भन्दै आएको थियो ।

केटी पक्षले कुरा छिन्दा कान्छी छोरी देखाएर जेठी छोरीलाई विवाह गरेर पठाएको उनीहरूको आरोप छ । उनीहरूका अनुसारजेठी मानसिक रूपमा कमजोर छिन् ।

जनवरी २६ देखि हालसम्म यस विषयमा आफ्नै समुदायका मानिसहरूबीच पञ्चायत भए पनि हालसम्म यो समस्याको समाधान हुन सकेको छैन । अहिले बेहुला दलचन्द भन्छन्, ‘मसँग न्याय भएन भने म आत्महत्या गर्छु ।’ अहिले केटाको पक्षले प्रहरीमा उजुरी दिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

बेहुला दलचन्दले भारतीय मिडिया आजतकलाई भने , ‘मेरो विवाह २६ जनवरीमा भयो । मलाई देखाएको केटी अर्कै थिइन् । जहाँ अर्कैसँग बिहे भयो । मैले बिहे गरेकी केटीमा मानसिक कमजोरी छ । मलाई धोका दिइयो। उनलाई मसंग राख्ने छैन। म विष खाएर वा झुण्डिएर मर्छु।’

बेहुलाका बुवाले भने, ‘जब बिहे भयो, रातको ३ बजिसकेको थियो । केटीको टाउकोमा घुम्टो थियो । चलनअनुसार दुलही घुम्टोमा मात्रै बस्छिन् । बिहेपछि बेहुलीलाई बिदा गरेर घर ल्याइयो । घर आएपछि समारोह भइरहँदा अर्की केटी बाहिर आइन् । जसलाई तत्काल फिर्ता पठाइयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो