२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडबाडमा मापसे जाँच कडाइ गरिने

४ आश्विन २०७३, मंगलवार ०६:४४

असोज ४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । 

चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठुला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाइएको छ । यस्तै काठमाडौँ उपत्यकामा सवारीसाधनमा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राख्न लागिएको बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिक सहायता कक्षमा कहाँदेखि कहाँसम्म कति भाडादर भन्नेबारेमा सूची टाँस गरिनाका साथै ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि रहनुहुन्छ ।” 

उहाँले सवारी चालकले सवारी नियम उलङ्घन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षका अधिकृतलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । उपत्यकाका नयाँ र पुरानो बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुङ्गा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायत मुख्य स्थानमा सहायता कक्ष राखिनेछन् । महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ । 

यसैगरी जनताको जनचेतनाका निम्ति एफएम रेडियो र मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनाका साथै ठाउँ ठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रु वर्गलाई आइपर्ने समस्याका बारेमा पूर्वसूचना दिने व्यवस्था मिलाइएको छ । 

यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने महाशाखाले जनाएको छ । महाशाखाले सवारी साधनद्वारा हुने कुनै पनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…