२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झापाबाट हराएकी बालिकाको काठमाडौँबाट उद्धार, एक चिनियाँ नागरिक नियन्त्रणमा

२०७९, १३ फाल्गुन शनिबार १०:१०

फागुन १३, झापा | झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ । स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । “बालिकाको सुरक्षित उद्धार गरिएको छ”, सूचना अधिकारी रिजालले भन्नुभयो । चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण