फागुन १५, काठमाडौँ | सन्दीप लामिछानेको मुद्दालाई फास्ट ट्र्याकबाट सुनुवाई गरेर छिटो किनारा लगाउन सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।
उच्च अदालत ललितपुरको फैसलामाथि सरकारले गरेको पुनरावेदनमा आज फैसला सुनाउँदै सर्वोच्चले सो आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालले गरेको फैसलामा यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी भएकाले सबैको चासो रहेको हुँदा छिटो किनारा लगाउनुपर्ने उल्लेख छ ।
साथै सर्वोच्चले बन्द इजलासमा सुनवाइ भएकाले आदेशको प्रतिलिपी जाहेरबाला, प्रतिवादी र वकिलहरुबाहेक अरुलाई उपलब्ध नगराउन तथा सामाजिक सञ्जालमा नराख्न पनि आदेश दिएको छ ।