दुई वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना प्रकाउ

Posted on: 28 Feb, 2023

फागुन १६, बझाङ | बझाङमा २ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले प्रकाउ गरेकाे छ।

बलात्कार आरोपमा प्रहरीले खप्तड छान्ना गाउँपालिकाका-७ का एक पुरुषलाई प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

पीडित परिवारले कार्यालयमा आइतबार उजुरी दिएका थिए। उक्त उजुरीको आधारमा प्रहरीले सोमबार ती पुरूषलाई पक्राउ गरेको हो। 

घटनाबारे अनुसन्धान भइरहेको कार्यालयका डिएसपी भण्डारीले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!