फागुन १७, काठमाडौँ | १ नम्बर प्रदेशको नामकरण गर्नुअघि प्रदेश सभा भवन आसपास सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेस र राप्रपा भौगोलिक पहिचानका आधारमा नाम राख्न तयार भएका छन् ।
मंगलवार बसेको संसदीय दलका नेताहरूको बैठकमा कोशी नाम राख्न ३ दल सहमत भएका एमालेका एक सांसदले बताए । अन्य दलले भने जातीय पहिचान जोड्नुपर्ने बताएका छन् । नेकपा माओवादी र एकीकृत समाजवादीले कोशी किराँत तथा किराँत सगरमाथा राख्नुपर्ने माग गरेका छन् । २ दलको संयुक्त बैठक बसिरहेको छ ।
प्रदेश सभामा नामको विषय प्रवेश पाउने भएपछि आन्दोलन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगर प्रवेश गर्ने नाकाबाटै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!