२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन हिंसाको उजुरी गर्न सहज वातावरण हुनुपर्ने

२०७३, ५ आश्विन बुधबार ०८:०७

असोज ५, काठमाडौँ । द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्न वातावरण सहज हुनुपर्नेमा पीडित पक्षले सरकारसँग माग गरेका छन् । 

द्वन्द्वकालका यौन हिंसामा संलग्न पीडक पहिचान गरी उनीहरुलाई कारबाहीको दायरमा ल्याउन तत्काल पहल गर्नुपर्ने, हिंसा प्रभावितका लागि सहयोग गर्नुपर्ने र न्यायको सुनिश्चितताका लागि जिम्मेवार संयन्त्र बनाइनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा उनीहरुले जोड दिएका थिए । 

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा महिला पुनःस्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिलामञ्च नेपाललगायत संस्थाको आयोजनामा आज यहाँ भएको सो कार्यक्रममा पीडितहरुले प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा स्वास्थ्य उपचारका लागि निःशुल्क र दीर्घकालीन सेवा उपलब्ध गराइदिनुपर्ने पनि माग गरे । 

ओरेकका अध्यक्ष डा रेणु अधिकारीले सरकारले द्वन्द्वकालमा यौन हिंसाबाट प्रभावितको दिगो जीविकोपार्जनको व्यवस्थासहित समाजमा आत्मसम्मानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताए । 

‘यौन हिंसाबाट प्रभावित महिलाको न्याय सुनिश्चितताः दिगो शान्तिको आधार’भन्ने नाराका साथ यौनहिंसाबाट पीडित तथा महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले भृकुटीमण्डपबाट बानेश्वरस्थित संविधानसभा भवनअघिसम्म पदयात्रा गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ