१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन हिंसाको उजुरी गर्न सहज वातावरण हुनुपर्ने

५ आश्विन २०७३, बुधबार ०८:०७

असोज ५, काठमाडौँ । द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्न वातावरण सहज हुनुपर्नेमा पीडित पक्षले सरकारसँग माग गरेका छन् । 

द्वन्द्वकालका यौन हिंसामा संलग्न पीडक पहिचान गरी उनीहरुलाई कारबाहीको दायरमा ल्याउन तत्काल पहल गर्नुपर्ने, हिंसा प्रभावितका लागि सहयोग गर्नुपर्ने र न्यायको सुनिश्चितताका लागि जिम्मेवार संयन्त्र बनाइनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा उनीहरुले जोड दिएका थिए । 

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा महिला पुनःस्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिलामञ्च नेपाललगायत संस्थाको आयोजनामा आज यहाँ भएको सो कार्यक्रममा पीडितहरुले प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा स्वास्थ्य उपचारका लागि निःशुल्क र दीर्घकालीन सेवा उपलब्ध गराइदिनुपर्ने पनि माग गरे । 

ओरेकका अध्यक्ष डा रेणु अधिकारीले सरकारले द्वन्द्वकालमा यौन हिंसाबाट प्रभावितको दिगो जीविकोपार्जनको व्यवस्थासहित समाजमा आत्मसम्मानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताए । 

‘यौन हिंसाबाट प्रभावित महिलाको न्याय सुनिश्चितताः दिगो शान्तिको आधार’भन्ने नाराका साथ यौनहिंसाबाट पीडित तथा महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले भृकुटीमण्डपबाट बानेश्वरस्थित संविधानसभा भवनअघिसम्म पदयात्रा गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव