२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२६ वर्षीय युवकको पेटमा रक्सीको बोतल भेटिएपछि….

२०७९, २३ फाल्गुन मंगलवार ०५:५२

फागुन २३, काठमाडौं | चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ। चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट बोतल निकालिदिएका छन्। 

रौतहटको गुजरा नगरपालिका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो। पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको बोलत निकालिदिएका हुन्।

के हो घटना?

मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर त्यसले ठीक भएन। बोतल ठूलाे भएकाले घाँटीबाट नभई मलद्वारबाट छिराइएको पाइएको चिकित्सकले बताएका छन्। 

मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि  चन्द्रपुर अस्पतालमा भर्ना गराइयो। अस्पतालले तत्कालै पेटको एक्सरे गरायो। रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे। र, उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे।

पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि  डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो। 

करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेले जानकारी दिए।

‘शल्यक्रिया भएको डेढ/दुई घण्टापछि बिरामी होसमा आइसकेका छन्’,  डा. बेलबासेले भने, ‘उनी अहिले कुराकानी गर्न सक्छन्।’

बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र  इन्फेक्सन  फैलिसकेको उनले बताए। 

‘शल्यक्रिया गरेर हेर्दा बोतल माथि ठूलो आन्द्रामा फसेको रहेछ। प्वाल बनाएर पेटभित्र निस्किसकेको थियो’, उनले भने।

चार दिनअघि साथी मोहम्मद समीरसँगै बसेर नुर्सादले मादक पदार्थ सेवन गरेका थिए। नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका थिए। त्यसको बदला लिन समीरले नुर्सादलाई शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसपछि उनले रक्सीको बोतल मलद्वारबाट भित्र पसाइदिएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण