२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा

२०७९, २४ फाल्गुन बुधबार ०८:४१

फागुन २४, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर बदली रहनाका साथै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पासहित उच्च हिमाली भेगमा हल्का हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो । “अहिले देशभर बदली भइरहेको छ, कतिपय उच्च हिमाली भूभागमा हिमपात हुनाका साथै उपत्यकामा पनि वर्षा भएको छ”, उहाँले भन्नुभयो । 

कास्की, पाल्पा र रुपन्देहीमा बिहान हल्का वर्षा भएको थियो । आज पहाडी र हिमाली क्षेत्रका भू–भागमा मौसम बदली रहनाका साथै पश्चिम तराईका क्षेत्रमा मौसम केही खुल्ने देखिएको मौसमविद् पौडेलले बताउनुभयो । बदली र वर्षा भए पनि ठूलो बाढी र पहिराको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

महाशाखाकाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण