२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित

२०७९, २४ फाल्गुन बुधबार ११:१०

फागुन २४, काठमाडौँ | अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगरलगायत हुनुहुन्छ । सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

सो अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गर्नुभयो । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरुको साहसिक क्षमता र प्रतिभाको उजागरमा समेत मद्दत पुग्ने उहाँको भनाइ थियो ।

राज्यमन्त्री ठकुरीले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा पनि कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज सम्मानित हुने कीर्तिमानी महिलालाई सगरमाथा आरोहण गर्न बरु सजिलो लाग्यो होला तर यो समाजको संस्कारसँग लड्न गाह्रो हुन्छ । किनकि अझै पनि समाजबाट निस्केर अघि बढ्न महिलालाई कठिनाइ छ ।”

पितृसतात्मक सोचबाट महिलाहरु बिस्तारै माथि उठ्दै गए पनि समाजमा अझै पनि महिला अधिकार र पहिचानमा पछि परिरहेको उहाँले उल्लेख गर्नुभयो ।

राज्यमन्त्री ठकुरीले मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको पर्वतारोहणमा महिला आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै कीर्तिमानी महिला आरोहीलाई प्रोत्साहन गर्न मन्त्रालयले छुट्टै युनिट बनाएर पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङ्छिरिङ शेर्पाले पर्वतारोहण संवेदनशील विषय भएकाले सम्पूर्ण आरोहीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले महिला आरोही तथा साहसिक आरोहणको क्षेत्रको आकर्षण र प्रोत्साहनका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरुको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले नीतिगत व्यवस्था गरेर आरोहणका लागि नखुलेका पिकहरु क्रमशः खुलाएर जानुपर्ने धारणा राख्नुभयो ।

ट्रेकिङ एजेन्सी एसासिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो ।

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले सरकारले पर्वतारोहणमा खटाउने सम्पर्क अधिकृतको कोटामा करिब ५० प्रतिशत आरोही सङ्घको प्रतिनिधित्व गराइदिन राज्यमन्त्रीमार्फत माग गर्नुभयो । अहिले सम्पर्क अधिकृतका रुपमा सङ्घबाट पाँचजनाको मात्रै प्रतिनिधित्व हुने गरेको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य नवाङ निमा शेर्पाले महिला आरोहीको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण