२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ

२०७९, २५ फाल्गुन बिहीबार १०:१९

फागुन २५, काठमाडौँ | भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् । 

ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर, पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । 


प्रत्यक्षदर्शी सुरेश कवांले ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको बताए । यसपछि आफूलले तलेजुको गेटमा रहेका नेपाली सेनाका जवानलाई खवर गरेको उनले जानकारी दिए । खबरपछि ती विदेशी नागरिकले मूर्ति भुइँंमा राखेर भाग्न खोजेको कवांले बताए । 

प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी प्राप्त भएको जानकारी दिइन् । 

भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनुपर्ने व्यवस्था छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रति पर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको छ । नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्धारमा कर्मचारीहरु खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाउँदै आएको छ ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख नकर्मीले सीसीटीभीको क्यामेराको सहायताले हेर्दा सुन्धारा परिसरमा चारजना व्यक्तिहरु ओहोरदोहोर गरिरहेको देखिएको सुनाइन् । पक्राउ परेका ती विदेशी नागरिकलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक कारबाहीलाई प्रहरीलाई बुझाएको नकर्मीले बताइन् । 

घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण