फागुन २६, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म श्री एयरलाइन्सका सबै जहाजलाई उडानमा रोक लगाएको छ ।
क्यानको यो निर्णयसँगै आजैदेखि लागू हुने गरी श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न नपाउने भएका छन् ।
जहाजको इन्जिनको सुरक्षा जाँच र उड्न योग्य भए-नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । यहीकारण प्राधिकरण (क्यान)ले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।