२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

२०७९, २६ फाल्गुन शुक्रबार १०:५२

फागुन २६, ताप्लेजुङ | पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । 

पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् ।

खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताउनुभयो ।

घरेलु कार्यालयले केही दिनअघिदेखि पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गेमा अर्गेलीबाट कागज बनाउन चाहिने कच्चा पदार्थको उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिममा पक्ताङलुङ र सिदिङ्वा गाउँपालिकाका समेत गरी १२ युवा सहभागी छन् । तिरिङ्गेको माथिल्लो भेग अर्गेली पाइने र खेती गर्न उपयुक्त क्षेत्र पनि हो ।

तिरिङ्गेका मित्रलाल पौडेलसहित अर्गेलीका लागि उपयुक्त जग्गा भएका किसानले अर्गेलीको व्यावसायिक खेती नै गरेका छन् । यता फङलिङ नगरपालिकाको फुरुम्बुका गङ्गा तामाङले समेत कागज उत्पादनसँगै कच्चा पदार्थ तयार गरी निर्यात गर्दै आएको घरेलु कार्यालयले जनाएको छ । 

व्यवसायीका अनुसार अर्गेलीको डाँठलाई पानीको बाफमा बफ्याएपछि बोक्रा खुर्किने र त्यसलाई सफा गरेर सुकाएपछि बजार लैजान तयार हुन्छ । उक्त कच्चा पदार्थ प्रतिकिलो रु २५० देखि तीन सयसम्मले बिक्री हुने गरेको कागज उद्योग सञ्चालन गरिरहनुभएका गङ्गा तामाङले बताउनुभयो ।  

उच्च भेगमा बसोबास गर्ने किसानले बर्सेनि जङ्गलबाट अर्गेली सङ्कलन गरी बोक्रा निकालेर स्थानीय हातेकाजग उद्योगमा बेच्दै आएका थिए तर पछिल्लो समय अर्गेलीको बोक्रालाई फरक तरिकाले कच्चा पदार्थको रुपमा तयार गरी निर्यात गर्दा फाइदा हुने देखिएपछि यसतर्फ किसान आकर्षित हुन थालेका हुन् ।

चिसो बढी हुने उच्च भेगको पाखो जमिनमा पाइने अर्गेलीको बोक्रालाई कागज बनाउन मात्रै नभई कपडा उत्पादनमा समेत प्रयोग गर्ने गरिएको छ । यसबाट धागो निकालेर झोला, टोपी, कोटलगायतका कपडा तयार गरिन्छ । जाडोको अन्त्यतिर वसन्त ऋतुको समयमा यसको बोक्रा निकाल्ने गरिन्छ । यसको प्रयोग बढ्दै गएकाले खेती विस्तार र संरक्षणमा ध्यान दिनसमेत आवश्यक भएको सरोकारवालाले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण