२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोरखामा मिनीट्रक दुर्घटना : एक जनाको मृत्यु, ७ मध्ये ३ गम्भीर घाइते

२०७९, २९ फाल्गुन सोमबार १०:००

फागुन २९, गोरखा | गोरखा बजारमा सोमबार दिउँसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

मृतकको आफन्त सम्पर्कमा आउँदै गरेकाले अहिले उनको नाम अहिले सार्वजनिक गर्न नसकिने डीएसपी लीलाराज लामिछानेले बताए । दुर्घटनामा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका बुद्धि नेपाली गम्भीर घाइते छन् । उनीहरु तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका-७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो । आरुघाटबाट तरकारी लगायतका सामान लिन मिनीट्रक धनी उमेश श्रेष्ठ गोरखा बजार आएका थिए । उनी आफैँले चलाएको सो ट्रक दुर्घटना भएको थियो । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण