असोज ६, पर्वत । पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाँै लगिएको छ । 

पर्वतको सदरमुकाम कुश्मादेख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, पर्वत । पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाँै लगिएको छ । 

पर्वतको सदरमुकाम कुश्मादेख"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक अवरुद्ध हुँदा बिरामीलाई हेलिकप्टर

२०७३, ६ आश्विन बिहीबार ०५:०६

असोज ६, पर्वत । पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाँै लगिएको छ । 

पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानु परेको छ । छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस्ती गाविसका ५५ वर्षीय टीकानिधि पाध्यालाई बुधबार साँझ श्री एअरलाइन्सको हेलिकप्टरमार्फत राजधानी लगिएको हो । 

मङ्गलबारदेखि एक्कासि बिरामी परेका पाध्यालाई स्थानीयस्तरमा उपचार गरेर निको हुने सम्भावना नभएपछि सिधै राजधानीस्थित ग्रान्डी अस्पतालमा लगिएको स्थानीयवासी राधाकृष्ण पाठकले जानकारी दिनुभयो । 

पाध्यालाई एक्कासि श्वासप्रश्वाससम्बन्धी रोग देखापरेपछि पर्वतको पाङराङ गाविसस्थित कर्नासमा हेलिकप्टर अवतरण गराई काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएको पाध्याका छोरा कौरब पौड्यालले जानकारी दिनुभयो । पाध्यालाई मङ्गलबारदेखि श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीरका बिभिन्न भागमा फोका उठेको पौडेलले जानकारी दिनुभयो । 

उक्त हेलिकप्टर चार्टर गर्दा रु दुई लाखभन्दा बढी खर्च लागेको छ । आर्थिक अवस्था कमजोर भएपनि ऋण गरेरै हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता आएको उहाँले गुनासो गर्नुभयो । 

बाग्लुङको दक्षिणी भेग छिस्ती गाविसमा सडक नपुग्दा त्यहाँका मानिस पर्वतको पाङग्राङ, कर्नास, बाच्छा हुँदै पर्वत सदरमुकाम कुश्मा जोड्ने सडकको प्रयोग गर्दै आएका छन् । उनीहरु सोही सडकमार्फत दैनिक उपभोग्य सामानको ढुवानी गर्दै आएका छन् । पर्वतमा बर्सातले अवरुद्ध भएका ग्रामीण सडक अहिलेसम्म सञ्चालन नहुँदा आवतजावतमा निकै समस्या उत्पन्न भएको स्थानीय गाउँलेको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना