२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाति कुट्न गएको समूहको कुटाइबाट ७४ वर्षीय वृद्ध हजुरबाको मृत्यु, ६ जना पक्राउ

२०७९, २९ फाल्गुन सोमबार ११:१५

फागुन २९, काठमाडौँ | रुकुमपश्चिमको मुसिकोट नगरपालिका– ८, घोरखानीका ७४ वर्षीय वृद्ध जितबहादुर बुढामाथि शनिबार एकाएक पाँच/छ जनाको समूहले आक्रमण गर्‍यो ।

पाँच/छ जनाको समूहमा आएका युवाहरूले जितबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरे । प्रहरीले ७४ वर्षीय वृद्धामाथि कुटपिट भइरहेको सूचना पायो ।

घटनाको सूचना पाएपछि रुकुमपश्चिमका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कविराज जैसीको नेतृत्वमा सात जना प्रहरीलाई घटनास्थलमा पठाए ।

प्रहरी पुग्दा वृद्धलाई कुटपिट गर्ने समूह भागिसकेको थियो । कुटपिटका कारण जितबहादुरको अवस्था गम्भीर थियो । प्रहरीले जितबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पठायो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले जितबहादुरलाई मृत घोषित गरे । प्रहरी जितबहादुरमाथि कुटपिट गर्ने समूहको खोजीमा लाग्यो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका– ८ का २० वर्षीय अनिल पुन, सोही ठाउँका १६ वर्षीय विजय पुन, १६ वर्षीय रशेम थापा, १७ वर्षीय सञ्जय थापा, १७ वर्षीय विपिन थापा र सोही ठाउँका १४ वर्षीय जीवन थापा छन् ।

डीएसपी भट्टराईका अनुसार प्रहरीले उनीहरूलाई भाग्दै गर्दा पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुन्धानबाट पक्राउ परेका अनिल पुनसहितका अन्य नाबालिगहरूले जितबहादुरका नातिसँगको पुरानो रिसइबीका कारण जितबहादुरमाथि कुटपिट गरेको खुलेको छ ।

‘जितबहादुरका नातिसँग उनीहरूको रिसइबी देखिन्छ । तर, जितबहादुरको घरमा नाति कुट्न पुगेका उनीहरूले नभेटेपछि जितबहादुरमाथि कुटपिट गरेको देखियो । हामी थप अनुसन्धान गर्दैर्छौं,’ डीएसपी भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण