२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेन साह बुवा बन्दै

२०७९, ३० फाल्गुन मंगलवार ०६:१८

फागुन ३०, काठमाडौँ | काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ । उनी चाँडै बुवा बन्दैछन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् । निकटस्थका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो । मोरङ, उर्लाबारीकी सविना आरजे थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।

टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।

बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजेको फ्लाइटबाट लण्डन प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण