फागुन ३०, काठमाडौँ | नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय थुप्देन गेलीक लासवा र ५९ वर्षीया कालसङ रहेको प्रहरीले जनाएको छ।
भिस्तारा एयरको उडानबाट काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा झोलामा रकम भेटिएको प्रहरीले जानकरी दिएको छ।
उनीहरुले बोक्ने एउटा झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र अर्को झोलाबाट ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला पारेको हो।
घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।