६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल

१७ भाद्र २०८०, आईतवार १२:१७

भदौ १७, काठमाडौँ | नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन।

छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै भयो।

नेपालले भारतका यू-१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। पछिल्लोपटक नेपालले भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको दुई महिना पनि पूरा भएको छैन।


एसिसी इमर्जिङ टिम्स कपअन्तर्तग नेपाल र भारतबीच श्रीलंकामा प्रतिस्पर्धा भएको थियो। समूह चरणको खेलमा नेपालले राम्रो खेल भने देखाउन सकेन। नेपाल १६७ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन जोडेका थिए। ९ विकेटको जित निकालेको भारतका लागि आइपिएलको अनुभव बटुलेका साइ सुदर्शन र अभिषेक शर्माले अर्धशतक हाने।  भारतका उमेर समूहका टिमसँग सधैं नेपालले संघर्ष गर्ने गरेको छ।

यद्यपी २०१७ मा भने नेपालले भारतको यू-१९ टिमलाई हराएर रेकर्ड बनाएको थियो। मलेसियामा भएको यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि १९ रनको जित निकालेर इतिहास बनाएको थियो। नेपालले कुनै पनि स्तरमा भारतलाई हराएको पहिलो जित थियो, त्यो।  त्यतिबेला नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए। उनले खेलमा ८८ रन बनाउँदा ४ विकेट लिएका थिए। 

हाल नेपालको मुख्य प्रशिक्षक रहेका मोन्टी देसाई त्यतिबेला नेपाली टिमको कन्सल्ट्यान्ट प्रशिक्षक थिए। भारतीय टिमको प्रशिक्षक राहुद द्रविड थिए। नेपालले भारतलाई हराउन देसाईको भूमीका रहेको भन्दै त्यतिबेला प्रशंसा समेत भएको थियो। यद्यपी त्यतिबेला भारतले दोस्रो रोजाइका खेलाडीलाई एसिया कप खेलाएको भन्दै आलोचना समेत भएको थियो। 

भारतका कुनै पनि टिमलाई हराएको ६ वर्षपछि नेपाली सिनियर टिमले भारतीय सिनियर टिमसँग प्रतिस्पर्धा गर्दैछ।

एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउँदैछ। ६ वर्षअघि उमेर समूहको एकअर्काविरुद्ध भिडेका देसाई र द्रविड यतिबेला दुवै देशको सिनियर टिमको प्रशिक्षक छन्। अहिले दुवै सिनियर टिमको प्रशिक्षकको रुपमा एकआपसमा भिड्दैछन्। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए। 

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। भोलिको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ। 

पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरुवातमा राम्रो बलिङ देखाएको थियो। तर अन्तिम ओभरतिर पाकिस्तानी ब्याटसम्यान नेपाली बलरमाथि हाबी भएका थिए। ब्याटिङमा पनि नेपाली ब्याटरले पाकिस्तानी बलरसामू खुलेर खेल्न सकेनन्।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।

नेपाली टिम 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने