२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल

२०८०, १७ भाद्र आईतवार १२:१७

भदौ १७, काठमाडौँ | नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन।

छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै भयो।

नेपालले भारतका यू-१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। पछिल्लोपटक नेपालले भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको दुई महिना पनि पूरा भएको छैन।


एसिसी इमर्जिङ टिम्स कपअन्तर्तग नेपाल र भारतबीच श्रीलंकामा प्रतिस्पर्धा भएको थियो। समूह चरणको खेलमा नेपालले राम्रो खेल भने देखाउन सकेन। नेपाल १६७ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन जोडेका थिए। ९ विकेटको जित निकालेको भारतका लागि आइपिएलको अनुभव बटुलेका साइ सुदर्शन र अभिषेक शर्माले अर्धशतक हाने।  भारतका उमेर समूहका टिमसँग सधैं नेपालले संघर्ष गर्ने गरेको छ।

यद्यपी २०१७ मा भने नेपालले भारतको यू-१९ टिमलाई हराएर रेकर्ड बनाएको थियो। मलेसियामा भएको यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि १९ रनको जित निकालेर इतिहास बनाएको थियो। नेपालले कुनै पनि स्तरमा भारतलाई हराएको पहिलो जित थियो, त्यो।  त्यतिबेला नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए। उनले खेलमा ८८ रन बनाउँदा ४ विकेट लिएका थिए। 

हाल नेपालको मुख्य प्रशिक्षक रहेका मोन्टी देसाई त्यतिबेला नेपाली टिमको कन्सल्ट्यान्ट प्रशिक्षक थिए। भारतीय टिमको प्रशिक्षक राहुद द्रविड थिए। नेपालले भारतलाई हराउन देसाईको भूमीका रहेको भन्दै त्यतिबेला प्रशंसा समेत भएको थियो। यद्यपी त्यतिबेला भारतले दोस्रो रोजाइका खेलाडीलाई एसिया कप खेलाएको भन्दै आलोचना समेत भएको थियो। 

भारतका कुनै पनि टिमलाई हराएको ६ वर्षपछि नेपाली सिनियर टिमले भारतीय सिनियर टिमसँग प्रतिस्पर्धा गर्दैछ।

एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउँदैछ। ६ वर्षअघि उमेर समूहको एकअर्काविरुद्ध भिडेका देसाई र द्रविड यतिबेला दुवै देशको सिनियर टिमको प्रशिक्षक छन्। अहिले दुवै सिनियर टिमको प्रशिक्षकको रुपमा एकआपसमा भिड्दैछन्। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए। 

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। भोलिको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ। 

पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरुवातमा राम्रो बलिङ देखाएको थियो। तर अन्तिम ओभरतिर पाकिस्तानी ब्याटसम्यान नेपाली बलरमाथि हाबी भएका थिए। ब्याटिङमा पनि नेपाली ब्याटरले पाकिस्तानी बलरसामू खुलेर खेल्न सकेनन्।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।

नेपाली टिम 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने