५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतविरुद्ध हामी हाम्रो पूर्ण शक्ति लगाउनेछौँ – प्रशिक्षक देसाई

१८ भाद्र २०८०, सोमबार ०७:२६

भदौ १८, काठमाडौँ | प्रशिक्षक मोन्टी देसाईले यसअघिको नेपाली क्रिकेटको पुस्ताले आफ्नो टोलीले ठुला टेस्ट खेल्न राष्ट्रसँग खेल्ने सपना देखेको बताउँदै अहिले सपना पुरा भएको बताएका छन् । भारतविरुद्धको खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले टोलीले आफ्नो पहिचान स्थापित गर्न प्राप्त अवसर गरेकोमा आफ्नो शक्तिको पूर्ण प्रयोग गर्ने बताएका हुन् । 

नेपालले सोमबार एसिया कपअन्तरगत क्यान्डीमा हुने खेलमा भारतको सामना गर्दैछ । समूह ए बाट पाकिस्तान यसअघि अघि नै सुपर फोरमा छनोट भइसकेको छ । नेपाललाई हराएमा वा खेल वर्षले रद्द भएमा भारत स्वतः अर्को चरणमा प्रवेश गर्ने छ ।

‘हामीले लिग २ तथा एसियन छनोटका खेलहरू खेल्यौँ,’ उनले भने, ‘भारतविरुद्ध हामी हाम्रो पूर्ण शक्ति लगाउनेछौँ ।’ रोहित शर्मा र विराट कोहलीजस्ता भारतीय सुपरस्टार भेट्न पाउँदा नेपाली खेलाडीहरू हर्षित भएको बताउँदै मैदानमा भने प्रतिस्पर्धा नै हुने बताए ।

नेपाली अलराउन्डर गुल्सन झाले भारतजस्ता ठुला टोलीबाट नेपालले सिक्ने अवसर पाउने बताएका छन् । ‘भारत ठुलो टोली हो । हरेक विकेट हाम्रोलागि अमूल्य हुनेछ । हामी कडा प्रतिस्पर्धा दिन्छौँ । तर, यो पल भनेको ‘फ्यानब्वाई’ जस्तै हो ।

अर्का अलराउन्डर आरिफ शेखको आँखा विराट कोहलीलाई आउट गर्नेमा रहेछ । ‘हाम्रो लागि सोमबार ठुलो खेल छ ।  हामी फ्यानब्वाई भए पनि मैदानमा हामी कडा चुनौती दिने छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता