५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यो देशमा क्रिकेट रंगशाला बन्दैन,मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ: सांसद ढकाल

१८ भाद्र २०८०, सोमबार ०९:१८

भदौ १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।   

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैसेपाटीमा मुख्यमन्त्रीहरुको लागि आलिशान महल बन्छ तर खेलाडीको लागि यो देशमा रंगशाला नबन्नु दुःखद भएको बताए ।  


उनले भने ‘ भारतमा ए क्याटागोरीको लागि ५ करोड, बी को लागि ३ करोड र सी को लागि १ करोड आइसी, बङ्गलादेशले ए प्लस खेलाडीहरुको लागि ५७ हजार डलर वार्षिक दिने गर्छ । बी को लागि ४३ हजार, सीको लागि २८ हजार र  हाम्रो खेलाडीहरुलाई ए क्याटोगरिको लागि ६० हजार, बी को लागि ४५ हजार र सी ३० हजार यो डाटा प्रस्तुत गरिरहदाँ लाजलाई पनि लाज लाग्या होला । यति धेरै दशकसम्म खेल क्षेत्रको विकासका लागि भनेर गरिएका भाषणहरु सन्दै गरेका युवा पुस्ताले किन खिस्सी नगर्ने ? 

सांसद ढकालले अगाडि भने ‘ यहाँ एउटा अन्तर्राष्ट्रिय रङ्गशालामा लाइट हाल्दैँन् सरकार, अन्तर्राष्ट्रिय रुपमा बेईज्जत कमाउँनु पर्छ । रङ्गशाला बनाईदैन् कतै पनि तर भैँसीपार्टीतिर मुख्यमन्त्रीहरु कमाठमाडौं आउँदा सुत्न आलिशान महल बनाइन्छ ।  कस्तो खालको लोकतन्त्र हो । मैले खेलाडीहरुले एक छाक खाएर पैसा जोगाएर ब्याट किनेको मैले देखेको छु तर सरोकारवालाहरुले देख्दैँन् । खेलाडीहरुको खातामा दिने भनेको पैसा यो हप्ताभित्र दिन अबिलम्ब माग गर्दछु यो सरकारसँग, कसले नपठाएको यो सदनमा जानकारी गराईयोस् । ’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता