दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । 

चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । उनको विकेट रविन्द्र जडेजाले लिए । 

जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वारा क्याच गराए । नेपालले २१.५ ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!