५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतसँग पराजित भएपछि नेपालका कप्तान रोहितले के भने ?

१९ भाद्र २०८०, मंगलवार ०४:२४

भदौ १९, काठमाडौँ । एसिया कप २०२३ अन्तर्तग भारतविरूद्धको खेलमा पराजय भोगेपनि नेपाली टिमले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो । वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर १० विकेटको जित हात पारेको थियो। 


कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने ‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु । विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे । मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं । मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ ।’ 

भारतविरुद्ध आफूहरुको बलिङ योजना सुनाउँदै उनले अघि भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो । पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’

उनले अब चीनमा हुने एसियाली खेलकुदको तयारीमा लाग्ने बताएका छन् । एसियाली खेलकुदमा आगामी असोज पहिलो साता सुरु हुँदैछ भने प्रतियोगिता टी-२० फर्म्याटमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता